Logo

नेपाली कला साहित्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरु गोधुली साहित्यिक प्रतिष्ठानद्धारा सम्मानित



गोधुली साहित्यिक प्रतिष्ठानको चौथो वार्षिक साधारणसभाको अवसरमा नेपाली कला साहित्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई अभिनन्दन तथा पुरस्कृत गरिएको छ ।

आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उहाँहरुलाई अभिनन्दन प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो ।
अभिनन्दित तथा पुरस्कृत हुनेहरुमा गोधुली दीर्घ साहित्य–सिर्जना विशेष अभिनन्दन (२०७८) बाट वरिष्ठ कवि डा.दुबसु क्षेत्री रहेका छन भने गोधुली–भानुभक्त पोखरेल बाल साहित्य सम्मान (२०७८) बाल साहित्यकार निर्मला बराल र गोधुली भद्रकुमारी घले आदर्श आमा पुरस्कार (२०७८) बाट समाजसेवी पशुपति गुरुङ रहेका छन् । समाजसेवी गुरुङ नगद रु १० हजार सहित पुरस्कृत भएकी हुन् ।

त्यस्तै गोधुली कला सम्मानबाट कलाकार घनश्याम गौतम अभिनन्दित भएका छन् भने गोधुली वर्ष कृति पुरस्कारबाट ‘वोई’ गजल संग्रहका लेखक वसन्त ओली बसन्ती नगद रु १० हजार सहित सम्मानित भएका छन् ।
गोधुली समाजसेवा सम्मान भने उर्मिला वि.क. र बिना बस्नेतले पाएका छन् । गोधुली युवा सिर्जनशिल सम्मान भुपेन वि.क. र रोशन बिशंखेले पाएका छन् । त्यस्तै गोधुली–कुमारमान मास्के स्मृति सम्मान गणेश लकान्द्री र भाईराम खड्गीले पाएका छन् । गोधुली–चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार बाल कलाकार प्रसन्न श्रेष्ठले पाएका छन् । उनी नगद रु. २५५५ सहित सम्मानित भएका हुन । त्यस्तै गोधुली सेवा सम्मान (२०७८) बाट पवनलाल श्रेष्ठ अभिनन्दित भएका छन् ।
कार्यक्रममा गोधुली दिर्घ साहित्य–सिर्जना विशेष अभिनन्दनबाट अभिनन्दित डा. दुबसु क्षेत्रीले आफुलाई यस अभिनन्दनबाट सम्मान गर्नुभएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्था गोधुली साहित्यिक प्रतिष्ठान र यस संस्थाका अध्यक्ष प्रकाश समिरलाई धन्यवाद दिए । त्यस्तै कार्यक्रममा बोल्दै समाजसेवी पशुपति गुरुङले आफू धेरै मेहनत गरेर समाजसेवामा लागेको बताए ।

यसैक्रममा गोधुली साहित्यिक प्रतिष्ठानको नयाँ कार्य समिति समेत चयन गरिएको छ । साहित्यकार गंगा लिगलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
जसमा उपाध्यक्ष ललिता दोषी, कोषाध्यक्ष एलेन घिमिरे, सचिव महेश कठायत सह–सचिव मनमोहन भट्ट र सदस्यहरुमा फुर्वा दोर्जे मोक्तान र रश्मि रिमाल रहेका छन् ।कार्यक्रमलाई प्रतिष्ठानका अध्यक्ष प्रकाश समिरले सञ्चालन गरेका थिए ।

 

तस्बिरः दिनेश चौधरी \ रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्