Logo

ट्रक दुर्घटनामा चारको मृत्यु



काठमाडौँ,१६ जेठ । उदयपुरको कटारी नगरपालिका–१४ सिद्धिचरण मार्गको भदौरेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सिरहाको मिर्चैयाबाट सिमेन्ट बोकेर सोलु हाइड्रोपाउवरको लागि सोलुतर्फ जाँदै गरेको ना ८ ख ८२५७ नं को ट्रक कटारीस्थित सिद्धिचरण मार्गको भदौरेमा आज बिहान सडकबाट अनियन्त्रित भई सय मिटर तल खस्दा घट्नास्थलमै चारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको सिमरा नगरपालिका–१ का ट्रकचालक ३५ बर्षिय सुजित घलान, सहचालक २५ वर्षीय निकेश खड्का, बारा सिमराकै १७ वर्षीय अनोज लामा र अर्का ३७ वर्षीय राजन तामाङको मृत्यु भएको कार्यलयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

घट्नालगत्तै पुगेको इलाका प्रहरी कार्यलय कटारीको टोलीले मृतकको शव सङ्कलन गरी परीक्षणको लागि कटारी अस्पताल लगेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot