Logo

खराब मौसमका कारण उल्टो दिशातर्फ मोड्दा विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष



काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनाको कारण खराब मौसम भएको नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक निष्कर्ष छ । बाक्लो बादल लाग्दा दाइने मोड्नुपर्ने विमान देब्रे मोड्दा भित्तामा ठोक्किएको निष्कर्ष निकालिएको हो ।

आज संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण विमान दुर्घटनामा परेको प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिए । उनले घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने बताए ।

आइतबार विहानै पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान वेपत्ता भएको थियो । विमान आज विहान जोमसोमबाट केही किलोमिटर दूरीमा पर्ने थासाङ गाउँपालिका २ स्थित सानुसरेको भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । विमानमा १९ यात्रु र ३ चालक दलका सदस्य गरी २२ जना रहेकोमा सबैको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्