Logo

जहाजमा तेल हाल्न जाँदै गरेको ट्यांकर पल्टियोः तेल पोखियो, उडान अवरुद्व



पोखरा, जेठ १७ । पोखरा विमानस्थलमा जहाजको तेल बोकेको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले आज विहान जहाजमा तेल भर्न जाँने क्रममा ट्यांकर पल्टिएको हो । ट्यांकर पल्टिएपछि अहिले पोखराबाट हुने सम्पूर्ण उडान तथा अवतरणहरु बन्द भएका छन् ।

ट्यांकर पल्टिदा हवाई इन्धन (तेल ) पोखिए पनि आगो भने लाग्न पाएन । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम भईरहेको सुवेदीले बताए ।

अहिले  ‘पेरिमिटर रोड’ को नजिकै पल्टिएको ट्यांकर हटाउने तयारी भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्