Logo

कटारिका मेयरको पारिश्रमिक बिपन्नको स्वास्थ र शिक्षामा



उदयपुर,जेठ १७ । कटारी नगरपालिकाका नवनिर्वाचित मेयर राजेशचन्द्र श्रेष्ठले आफ्नो पारिश्रमिक नगरपालिकाका बिपन्न बर्गको स्वास्थ र शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

सोमबार सपथ ग्रहणपछि पदबहाली गर्दै मेयर श्रेष्ठले आफ्नो पारिश्रमिक कोष नै खडा गरेर नगरपालिकाका बिपन्न बर्गको स्वास्थ र शिक्षामा खर्च गर्ने निर्णय गर्नुभएको हो । यसअघि चूनाव प्रचारका क्रममा उहाले आफू निर्वाचित भए तलब भत्ता नलिने बताउनुभएको थियो ।

मेयर श्रेष्ठले आफ्नो कार्यकालमा भ्रष्टाचारमुक्त र सुशासनयुक्त नमुना नगर बनाउन कर्मचारीहरुको सहयोग रहने अपेक्षा गनुृभयो । आफू जनताको सेवा गर्न आएको बताउदै मेयर श्रेष्ठले जनतालार्इ सेवा दिने कुरामा आफू कहिले पछि नहटने प्रतिवद्धता जनाउनुभयो ।



प्रतिक्रिया दिनुहोस्