Logo

राष्ट्रियसभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु



काठमाडौं, जेठ १७ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो।

बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही मंगलबार र बुधबारको समय तोकेका छन्। संवैधानिक व्यवस्थानुसार हरेक जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्