Logo

प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको भन्नु हावादारी कुरा हो, उहाँले आफ्नो मूल्य आँफै बढाउन यस्तो भन्नुभएको हो : सूर्य थापा (भिडिओसहित)



काठमाडौं, १७ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको भन्नु ‘मनको लड्डु खानुसरह’ भएको टिप्पणी गरेका छन् । उनले यो हुँदै नहुने र असम्भव कुरा भएको दाबी गरेका छन् ।

उनले प्रचण्डलाई प्रधानमन्त्री बनाएर मुलुकको निकास निस्किन्छ र विकास हुन्छ भन्ने कुरा सबैभन्दा हावादारी कुरा भएको पनि दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रचण्डलाई प्रधानमन्त्री बनाएर देशमा निकास निस्किन्छ भन्नु यो हावादारी कुरा हो । यो प्रचण्डको आफ्नो मार्केटिङ हो । उहाँले आफ्नो मूल्य बढाउनको लागि आफ्ना नजिकका पानी अनलाईनमार्फत र आफ्ना नजिकका मान्छेमार्फत हल्लाखल्ला गर्नुहुन्छ, उहाँले आफ्नो मूल्य बेला बेलामा बढाउनुहुन्छ क्या, नेप्सेमा उहाँको बजार अलिक चर्को बनाउने कोशिस गर्नुहुन्छ । यो बेकारको कुरा हो ।’

थापाले अहिले शेरबहादुर देउवालाई अलिकति नाफा भएको तर्क गरे । उनले एमालेलार्ई माधव नेपालले टर्च लाईट बालेर खोज्नुपर्छ भनेको स्मरण गराउँदै अहिले माधव नेपाल कहाँ छन् ? भन्दै प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्