Logo

बागमती प्रदेशले चलचित्र निर्माण गर्न अनुदान दिने, घुमफिर वर्ष घोषणा



काठमाडौं, १७ जेठ । बागमती प्रदेशले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने भएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रस्तावमा नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको हो ।

चलचित्र क्षेत्रलाई प्रोत्साहन स्वरुप निश्चित रकम अनुदान दिने गरी उक्त कार्यक्रम समावेश गरिएको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । वरिष्ठ साहित्यकार मदनदास श्रेष्ठले बागमती प्रदेशले पहिलोपटक यस्तो कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरेका छन् । अन्य प्रदेश सरकारले पनि यो कुरा लागू गर्नुपर्ने उनको भनाइ छ ।

नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गरिने प्रदेश सरकारको नीति छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रस्तावमा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० लाई घुमफिर वर्षको रुपमा मनाउने विषय पनि समावेश गरिएको हो ।

कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्न बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९ /८० लाई घुमफिर वर्षको रुपमा मनाउन खोजेको हो । घुमफिर वर्ष मनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक बजेट व्यवस्थापन गरिने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । बागमती प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि आर्थिक वर्ष २०७९/८० लाई घुमफिर वर्षको रुपमा घोषणा गरी कार्यान्वयन गर्ने भएको छ ।

बागमती प्रदेशले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गर्न भएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रस्तावमा नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको हो ।

चलचित्र क्षेत्रलाई प्रोत्साहन स्वरुप निश्चित रकम अनुदान दिने गरी उक्त कार्यक्रम समावेश गरिएको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । वरिष्ठ साहित्यकार मदनदास श्रेष्ठले बागमती प्रदेशले पहिलोपटक यस्तो कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरेका छन् । अन्य प्रदेश सरकारले पनि यो कुरा लागू गर्नुपर्ने उनको भनाइ छ ।

नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गरिने प्रदेश सरकारको उद्देश्य रहेको मन्त्री श्रेष्ठले बताए । यसलाई बजेटमार्फत उचित सम्बोधन गरिने उनको भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न नेपाल आर्ट भिलेजद्वारा ललितपुर जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत डुकुछाप र छम्पी गाउँमा निर्माणधीन ७२ फिट अग्लो भैरव देवताको मूर्ति निर्माण स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहजिकरण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

इन्द्रसरोवर, टौदह, जस्ता दह तालहरूको संरक्षण गर्ने नीति पनि बागमती प्रदेश सरकारले लिएको छ । लाङटाङ, जुगल, गणेश तथा गौरीशंकर हिमालमा साहसिक तथा पर्वतीय पर्यटन र तामाकोशी, भोटेकोशी, त्रिशुलीलगायतका नदीहरूमा जल पर्यटनको विकास गरिने पनि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम रहेको छ । क्यानोपी वाक टुरिजम, रक क्लाईम्बिङ, आईस क्लाईम्बिङ जस्ता साहसिक पर्यटनमा जोड दिइने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा ख्याति प्राप्त व्यक्तिको सम्मानका लागि स्मृति केन्द्र, प्रतिष्ठान तथा अध्ययन अनुसन्धान केन्द्र जस्ता संरचनाहरूको निर्माण गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

गोइसाईकुण्ड एकीकृत विकास परियोजनामार्फत रसुवा जिल्लाको प्रसिद्ध तीर्थस्थल गोसाइकुण्डको समग्र विकास गरिने र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसँग समन्वय र सहकार्य गरी देवीघाट, मनकामना, बुढीगण्डकी, त्रिवेणी जस्ता स्थलहरूमा पर्यटकीय पूर्वाधारहरुको निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने नीति समेत बागमती प्रदेश सरकारले ल्याएको छ ।

स्थानीय तहसँगको साझेदारीमा नमूना पर्यटकीय गन्तव्य स्थलहरूको पहिचान गरी सञ्चालन तथा व्यवस्थापन गरिनेछ भन्ने उल्लेख छ । नवीन पर्यटकीय पूर्वाधारहरूको गुरुयोजना तयार गरी पर्यटकीय पूर्वाधारहरुको निर्माणमा जोड दिइने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

पर्यटन क्षेत्रबाट प्राप्त हुने लाभलाई ग्रामीण तहसम्म पु¥याउन हामस्टेलाई एक प्रमुख माध्यमको रूपमा विकास गरिने र यसका लागि क्षमता विकास तालीम गरिने उल्लेख छ ।

प्रदेशभित्रका पर्यटकीय दृष्टिकोणको महत्त्वपूर्ण क्षेत्रलाई पर्यटकीय क्षेत्र वा पर्यटकीय ग्राम घोषणा गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । सरोकारवाला समुदाय र निजी क्षेत्रको सहकार्यमा जात्रा, पर्व, मेला, महोत्सवलगायत परम्परा र संस्कृतिमा आधारित कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहन गरिने र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वका सम्पदाहरूको पहिचान, अध्ययन अनुसन्धान, संरक्षण, सम्वर्द्धन र विकास गर्ने नीति लिइने पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पुरातात्त्विक एवं मौलिक, जातीय, धार्मिक, सांस्कृतिकलगायतका सम्पदाहरू, गुठीहरू र जातीय संस्थाहरू संरक्षण सम्वर्द्धन र अभिलेखीकरण गरिने तथा पराम्परागत, मौलिक कला र लोक संगीत, नृत्य, नाट्य, साहित्य, प्रदर्शनकारी लोककलाहरूको अभिलेखीकरण, संरक्षण, अनुसन्धान र विकास गर्ने नीति समेत बागमती प्रदेश सरकारले लिएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठका अनुसार प्रदेशभित्रका लोपोन्मुख तथा सिमान्तकृत जाति, समुदायको भाषा, साहित्य लोकोक्तिलाई लिपिबद्ध, अभीलेखीकरण, अध्ययन, अनुसन्धान, संरक्षण, सम्वर्द्धन एवं विकासका लागि संघसंस्थाहरुसँग समन्वय र सहकार्य गरी प्रवर्द्धन गर्ने नीति समेत लिइएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्