Logo

बजेटमाथि सैद्धान्तिक छलफल सुरु



काठमाडौँ,१७ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो ।

बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुका जवाफका लागि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ १७ र १८ गतेका दिनहरु तोकेका छन् । संवैधानिक व्यवस्थानुसार हरेक जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्