Logo

मैत्रीपूर्ण खेलमा नेपाल रोकियो



काठमाडौं, जेठ १८ । एएफसी एसिया कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फूटबल टोली मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा नेपाल श्रीलंकासँग १-१ गोलको बराबरीमा रोकिएको हो । बन्द रंगशालामा भएको खेलमा नयाँ कप्तान नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएपनि श्रीलंकाका मरियाथास निर्थसनले गोल गरेपछि नेपाल बराबरीमा रोकिन बाध्य भएको हो ।
यससँगै नेपालले लगातार दोस्रो बराबरी खेलेको छ । यसअघि टिमोर लिस्टेविरुद्ध भएको मैत्रीपूर्ण खेलमा पनि नेपालले २-२ गोलको बराबरी खेलेको थियो । नेपालले जुन ३ मा ओमानसँग दोहामै अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।
त्यहाँबाट सिंधै नेपाल छनोट खेलको लागि कुवेत प्रस्थान गर्नेछ । समूह ‘ए’ मा रहेको नेपालको समूहमा जोर्डान, कुवेत र इन्डोनेसिया रहेका छन् । नेपालले छनोटको पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ ।
जुन ११ गते हुने दोस्रो खेलमा घरेलु टोली कुवेतको सामना गर्नेछ भने जुन १४ गते हुने समूह चरणको अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

Screenshot