Logo

संसदीय समिति हेरेफर, ओली–नेपाल एउटै समितिमा



काठमाडौं, जेठ १८ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरू हेरफेर गरेका छन् । उनले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सदस्य हेरफेर गरिएको जानकारी दिए ।

समितिका सहस्यहरू हेरफेर भएपछि नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् ।

सोही समितिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पहिलेदेखि नै सदस्य रहदै आएका छन् । अब हुने अन्तर्राष्ट्रिय समितिको बैठकमा ओली र नेपाल दुवैको सहभागिता रहने भएको छ ।

यसअघि आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले ९ महिना प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो ।

अध्यक्ष ओली २०७४ सालमा प्रतिनिधिसभाको चुनाव जितेपछि प्रधानमन्त्री भएका कारण कुनै पनि संसदीय समितिको सदस्य रहेका थिए। राजनीतिक पार्टीको संसदीय दलले पठाएको विवरण र सांसदहरूको छनौटअनुसार सभामुखले सांसदहरूलाई विभिन्न समितिका लागि छनोट गरेका थिए।

बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा दलगत प्रतिनिधित्व रहने जानकारी पनि गराएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot