Logo

गायक केकेको अन्तिम प्रस्तुतिको भिडियो भाइरल



एजेन्सी, १८ जेठ । भारतीय चर्चित गायक केके (कृष्ण कुमार कुननाथ) हामीमाझ छैनन् । उनको मंगलबार राति कोलकातामा निधन भएको हो । उनी त्यहाँ कन्सर्ट गर्न पुगेका थिए, जहाँ कार्यक्रमपछि होटलमा उनको स्वास्थ्य बिग्रियो । अस्पताल पुग्नुअघि नै गायकको मृत्यु भएको थियो ।

केकेको कन्सर्ट कोलकाताको नजरुल मञ्चमा भएको थियो। जहाँ उनले आफ्ना धेरै लोकप्रिय गीत गाए तर ’हम रहे या ना रहें कल, कल याद आएंगे ये पल’ अन्तिम प्रदर्शन थियो। केकेको यो अभिनयको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो देखेर फ्यानहरु भावुक भएका छन् ।

केकेको जन्म २३ अगस्ट १९६८ मा दिल्लीमा भएको थियो । उनले हिन्दी मात्रै होइन तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बंगाली र गुजराती फिल्मका लागि पनि गीत गाएका छन्। फिल्ममा ब्रेक लिनुअघि केकेले करिब ३५ हजार जिंगल गाएका थिए ।

२०२१ मा, केकेलाई मिर्ची म्युजिक अवार्डबाट सम्मानित गरिएको थियो। उनले दिल्लीको माउन्ट सेन्ट मेरी स्कूलमा अध्ययन गरे। उनले दिल्ली विश्वविद्यालयको किरोरी मल कलेजबाट स्नातक गरे। १००० क्रिकेट विश्वकपको समयमा, केकेले भारतीय टोलीलाई समर्थन गर्न ’जोश अफ इन्डिया’ गीत गाए। उनको यो गीतमा धेरै भारतीय क्रिकेटर पनि देखिएका थिए । केकेले म्युजिक एल्बम ‘पल’ बाट आफ्नो गायन करियर सुरु गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot