बडिमालिका दर्शन गर्न राष्ट्रपति भण्डारी बाजुरामा


काठमाडौं, जेठ १८ । राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको प्रसिद्व शक्तिपिठ बडिमालिका पुगेकी छन् । बडिमालिका दर्शनका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी हुन्।

अनौपचारिक भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी मंगलबार काठमाडौंबाट सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन्। उनले हिजो दिउँसो सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन्। राष्ट्रपति भण्डारी भ्रमण सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।