Logo

अब म खुइलिएँ, तपाईहरुको राजनीतिक अभिष्ट पुरा होस् – रविन्द्र मिश्र



काठमाडौं, १८ जेठ । गत स्थानीय चुनावमा पार्टी पराजित भएपछि अध्यक्षबाट राजीनामा दिएका रविन्द्र मिश्रले भावुक टिप्पणी गरेका छन् । मिश्रले सामाजिक सञ्जालमार्फत आफु खुइलिएँको भन्दै आफुलाई खुइल्याइदिनेको पनि राजनीतिक अभीष्ट पुरा होस् भन्दै कटाक्ष गरेका छन् ।

राजीनामा दिएर बसेका मिश्रले अवको योजनाबारे भने अहिलेसम्म केही बताएका छैनन् । मिश्रले नाम नखुलाएपनि (अ)मित्र(हरू)मा भन्दै सम्बोधन गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘.(अ)मित्र(हरू)मा समर्पित
जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, “तपाईँलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि!“
अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभिष्ट पुरा होस् –– यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईँ(हरू)लाई शुभकामना छ!



प्रतिक्रिया दिनुहोस्