Logo

निर्वाचित जनप्रतिनिधिहरुलाई माओवादी केन्द्रको प्रशिक्षणमा जे देखियो



काठमाडौं, १८ जेठ । काठमाडौंमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सुरु भएको छ । कुमारी हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले प्रशिक्षण दिने जनाइएको छ।

केन्द्रको अनुसार कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा प्रशिक्षण दिइनेछ ।

आज र भोलिसम्म चल्ने प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी रहको छ।

उदघाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन् । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot