Logo

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, पूर्वअध्यक्षरू जबरा र लोहनी सहभागी



काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा सुरु भएको छ । स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै सङ्घीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो ।

बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने बैठकस्थलमा पुगेका छैनन् ।  पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले चन्द बैठकमा सहभागी हुने बताए । स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो ।



प्रतिक्रिया दिनुहोस्