Logo

यौन दुर्व्यवहार गरेको अभियोगमा थारु पक्राउ



बर्दिया,१८ जेठ । १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot