Logo

विश्वकप प्लेअफ: युक्रेन विश्वकप नजिक



एजेन्सी । युक्रेन फिफा विश्वकप-२०२२ नजिक पुगेको छ । बुधबार राति भएको प्लेअफको सेमिफाइनल खेलमा स्कटल्याण्डलाई ३-१ गोलले पराजित गर्दै युक्रेन फाइनलमा प्रवेश गरेको हो ।
अब युक्रेनले विश्वकप प्रवेशको लागि वेल्ससँग खेल्नेछ । हाम्पडेन पार्कमा भएको खेलमा युक्रेनलाई जीत दिलाउन एन्ड्री यार्मोलेन्को, रोमान यारेमाक्चुक र अर्टेक डोर्भेकले एक/एक गोल गरे । स्कटल्याण्डको लागि क्यालुम मेगोरले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा रुस्लानको पासमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई शुरुवाती अग्रता दिलाएका थिए ।
४९ औं मिनेटमा एलेक्सजान्डरको क्रसमा यारेमान्चुकले गोल गर्दै युक्रेनको अग्रता दोब्बर बनाए । ७९ औं मिनेटमा क्यालुमले गोल गर्दै स्कटल्याण्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
तर इन्जुरी समयको चौथो मिनेटमा जिन्चेकोको पासमा अर्टेमले गोल गर्दै युक्रेनलाई ३-१ गोलको जीत दिलाए । जीतसँगै युक्रेन प्लेअफको फाइनलमा प्रवेश गर्दा स्कटल्याण्डको विश्वकप खेल्ने सपना समाप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस्