Logo

निर्वाचित जनप्रतिनिधिहरुलाई माओवादीको दोस्रो दिनको प्रशिक्षण सुरु



काठमाडौं, १९ जेठ । काठमाडौंमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो दिनको प्रशिक्षण सुरु भएको छ ।

कुमारी हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले प्रशिक्षण दिएका थिए ।

आजको प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा प्रशिक्षण दिइनेछ केन्द्रले जनाएको छ ।

बुधबार र बिहीबार हुने प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी रहको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot