Logo

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौं, जेठ १९ । आज सुनको मूल्य प्रतितोला चार सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन चाँदीको मूल्य बढेको हो ।

महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । आज ९७ हजार ६०० रुपैयाँ पुगेको छ।

त्यस्तै, बुधबार तोलामा ९६ हजार ७०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज ९७ हजार १०० रुपैयाँ पुगेको छ । साथै, बुधबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ६५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्