Logo

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो



काठमाडौं, १९ जेठ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ । आज (बिहीबार) बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रति लिटर १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ । सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर घटाएपछि मूल्य घटेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot