Logo

एमाले सरकार परिवर्तनको खेलमा छैन् : शंकर पोखरेल



काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले यतिवेला सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका छन् । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्न अफर आएको खुलासा गरेसँगै एमाले नेता पोखरेलको यस्तो टिप्पणी आएको हो ।

बरु, उनले एमाले विकास र समृद्धिको लागि बिलयो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटिरहेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्-“यतिवेला नेकपा(एमाले) सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि वलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ ।”



प्रतिक्रिया दिनुहोस्