Logo

हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ



स्याङ्जा,२० जेठ । हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी हरिनास गाउँपालिका–३ बस्ने ४१ वर्षीय तुल बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत स्याङ्जाको २०७८ असोज १९ गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ५ महिना कैद र ६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएका प्रहरीले निजको घरबाटै पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्