Logo

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने नाममा सरकारबाटै नेपाली भाषा र देवनागरी लिपीमाथि प्रहार



काठमाडौं, २० जेठ । सरकारले १ साउनबाट लागू हुने गरी अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरेर कारबाही गर्ने चेतावनी दिएको छ । ठूलो आर्थिक चलखेलबाट नेपालमा इम्बोस्ड नम्बर प्लेटको प्रणाली भित्राएर केही व्यक्तिहरुले मुनाफा गरेका छन् । राज्यको शक्तिशाली निकायमा रहेकाहरुले नेपाली भाषा र देवनागरी लिपीमाथि नै प्रहार गरेका छन् ।

विगतमा सवारीको नम्बर प्लेटमा देवनागरी लिपीमा लेखिएको हुन्थ्यो । अंक र अक्षर दुवै देवनागरी लिपीमा लेखिएकोमा इम्बोस्ड नम्बर प्लेटको प्रणाली ल्याएर अंग्रेजी भाषालाई सवारीको प्लेटमा स्थापित गराउन खोजिएको छ ।

भाषा र लिपीमाथि विभिन्न तरिकाले आक्रमण भइरहँदा सरकारले नै त्यसलाई प्रश्रय दिएको छ । नेपाली भाषा र देवनागरी लिपीमाथि योजनावद्ध तरिकाले प्रहार भइरहेको छ । यसमा सत्तामा पुग्ने देखि उच्च तहका कर्मचारीहरु पनि प्रभावित भएको देखिदैछ ।

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेबाट सडक नै प्रभावित हुने देखिएको छ । अब सडकमा देवनागरी लिपीका नम्बर प्लेट भएका सवारी नदेखिने अवस्था आउन सक्छ । यसको अर्थ अब नेपाली भाषा र देवनागरी लिपी सडकबाट पनि विस्थापित गरिदैछ ।



प्रतिक्रिया दिनुहोस्