Logo

मधेशवादी नेताहरु एक होलान्



काठमाडौं, २० जेठ । मधेशवादी नेताहरु फुट्दा स्थानीय तहको चुनावमा धक्का खाएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव विराटनगरको उपमेयरमा पराजित भए । उनी गठबन्धनका साझा उम्मेदवार थिए ।

गठबन्धन हुँदा पनि उपेन्द्र नेतृत्वको जसपा ३० पालिकामा खुम्चिएको छ । यो गत स्थानीय चुनावमा उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरम एक्लै चुनाव लड्दाको भन्दा पनि कम हो ।

जसपालाई मात्र नभई लोकतान्त्रिक समाजवादी पार्टीले पनि धक्का खाएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपा १६ सिटमा खुम्चिएको छ । यो २०७४ को स्थानीय चुनावको तुलनामा कम हो ।

उपेन्द्र र महन्थबीच २०७४ को तीनै तहको चुनावमा औपचारिक अनौपचारिक तालमेल भएको थियो । उनीहरुले मधेश प्रदेश मात्र नभई प्रदेश १ र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा सफलता हासिल गरेका थिए । सुदूरपश्चिमको कैलालीमा पनि सफलता हासिल गरेका थिए ।

जसपा र लोसपा फुट्दाको धक्का संघीय र प्रदेश संसदमा पनि पर्ने देखिएको छ । यसलाई दृष्टिगत गरी जसपा र लोसपालाई मिलाउने प्रयास चलिसकेको छ । कम्तिमा चुनावी तालमेल सम्मको सहमति बनाउन खोजिएको छ ।

महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमति बनाउन जसपा र लोसपाका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । तर, दुवैको आ आफ्नै सर्त रहेको छ । लोसपा जसपालाई गठबन्धनबाट अलग्याउन चाहन्छ । तर, उपेन्द्र यादव गठबन्धनमै रहने अडानमा छन् । यादवले पछिल्लो समय केपी शर्मा ओलीलाई समेत भेटेर तरंग ल्याइदिएका छन् । बाहिर जे देखिएपनि भित्र भित्र जसपा र लोसपाको एकता वा तालमेलको दबाब बढिरहेको छ । उनीहरु चुनावमा धक्का खाएकाले मिल्ने सम्भावना पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot