Logo

राजेन्द्र महतोको आरोप : कांग्रेस र एमाले संघीयता पक्षधर होइनन्, उनीहरूको आत्माले यो चाहेको छैन (भिडिओसहित)



काठमाडौं, २१ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले यसपटकको स्थानीय तहको निर्वाचनमा आफूहरु प्रतिकुल समयको बावजुद पनि भाग लिएको स्पष्ट पारेका छन् । उनले स्थानीय तहको निर्वाचनमा देशव्यापी रुपमा पैसाको चलखेल भएको दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस र कम्युनिष्टको कारण सिस्टम कमजोर भएको उनको दाबी छ । उनले स्थानीय तहको निर्वाचन दलीय आधारमा गर्दा स्थानीय सरकार कमजोर हुने सुनाए ।

उनले स्थानीय तहको निर्वाचन दलीय अनुसार गर्न नहुने आफूहरुको सुझाव रहेको सुनाए । उनले नेताहरुको सम्पत्ति पनि छानबिन गर्नुपर्ने बताए । उनले को नेता धनी भए ? र को गरिब भए ? भनेर छानबिन गर्नुपर्नेमा जोड दिए । अहिले संघीयतालाई कसरी असफल पार्ने धन्दा भैरहेको महतोको गुनासो छ ।

उनले भने,”संघीयतालाई कमजोर पार्ने, बद्नाम गर्ने, समाप्त गर्ने काम यहाँका नश्लवादीहरुले गरे, संघीयता नरुचाउनेहरु यो कांग्रेस र कम्युनिष्टहरुलाई संघीयता थोडी नै चाहिएको थियो ? यिनीहरुले देशलाई संघीयतामा लैजान खोजेका नै थिएनन्, यो त आन्दोलनको राप र तापमा आएको हो ।”



प्रतिक्रिया दिनुहोस्