Logo

एकाबिहानै सूर्य थापाको प्रचण्डलक्षित टिप्पणी : माछालाई काँध फेर्न मन लागिसक्यो !



काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का सूर्य थापा समसामयिक विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरिरहन्छन् । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई निर्वाचन गराउनेगरि प्रधानमन्त्रीको अफर आएको सार्वजनिक रुपमै बताउन थालेपछि एमाले नेताहरुले त्यसबारे टिप्पणी गर्न थालेका छन् । एमालेबाट प्रचण्डलाई प्रधानमन्त्रीको कुनै अफर नगरिएको थापाले दाबी गरेका छन् ।

उनले सूर्य थापाले देउवालार्य र्याले वृद्ध, प्रचण्डलाई माछा र रामचन्द्र पौडेललाई पानी मरुवाको संज्ञा दिएका छन्। उनले प्रचण्डले आफू प्रधानमन्त्री बन्नको लागि यस्तो अफवाह फैलाएको दाबी गरेका छन् । उनले फेशबुकमा लेखेका छन्-

माछालाई काँध फेर्न मन लागिसक्यो! स्थानीय तहकाे निर्वाचनपछि प्रधानमन्त्री पद माछालाई हस्तान्तरण गर्न पहिलेनै पटकपटक जाेड गरेकै हाे। सहमतिचाहिं नभए पनि सधैं एउटै व्यक्ति प्रधानमन्त्री हुन र त्यसै -याले बृद्धलाई मानेर रमिता हेर्न त बाँकी सबै आकांक्षी रामचन्द्र पाैडेलजस्ताे हुतिहारा र पानीमरूवा हुनुप-याे!
अब संकेत बुझ्न जरूरी छ,केपी शर्मा ओलीले प्रधानमन्त्री छाडेर आफूलाई हस्तान्तरण नगरेको हुनाले नै माछाले १९ पृष्ठ लामाे आराेपपत्र बाँडेर बदनाम गरेकाे हाे। माछाले काँध फेर्न खाेज्दा भूकम्प आउने संभावना हुन्छ हाेला। त्यसैले अहंकार नगरी प्रधानमन्त्री हस्तान्तरण गरियोस्, अन्यथा ठेगान लगाउनुपर्ने हुनसक्छ!
माछाकाे तन
चिन्तित मन।



प्रतिक्रिया दिनुहोस्