काठमाडौं, २१ जेठ । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाह नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ताको लागि खुमलटार पुगेका छन् । मेयर शाहले पछिल्लो समय उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् ।
सुरुमा उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । आज भने उनी प्रचण्डसँग भेट्न गएका हुन् ।
शाहले काठमाडौं महानगरको विकासको लागि सबै दलसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो प्राथमिकतामा महानगरको फोहोर व्यवस्थापनलाई मुख्य कामको रुपमा राखेका छन् । मेयरमा निर्वाचित भएपछि शाह दुई पटक सिसडोल र बञ्चरे डाँडो पुगेका छन् । file photo




प्रतिक्रिया