Logo

लोसपा नेता राजेन्द्र महतोलाई धमलाको प्रश्नः “तपाईंको पार्टी त पत्तासाफ भयो नि ?”



काठमाडौं, २१ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्षनेता राजेन्द्र महतोले आफ्नो पार्टी प्रतिकूल समयमा स्थानीय तह निर्वाचनमा होमिएकाले अपेक्षित परिणाम हासिल गर्न सफल नभएको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै महतोले भने, “अपेक्षित परिणाम नआउनुमा कोही दोषी छैन, निर्वाचन नै दोषी हो । जुन हिसाबले निर्वाचन भयो, त्यही हिसाबले परिणाम भयो । ५ दलीय गठबन्धनसँग हामीले एक्लै प्रतिस्पर्धा गर्यौं । त्यस हिसाबले परिणाम स्वाभाविक हो ।”
चुनावको समीक्षा गर्नुभएको छैन भन्ने पत्रकार धमलाको प्रश्नमा महतोले भने, “जसपाबाट विभाजन भएर हामीले लोसपा गठन गरेका हौं । संगठन बनिसकेको थिएन । अत्यन्त प्रतिकुल अवस्थामा चुनावमा गयौं । ५ दलीय अपवित्र गठबन्धनविरुद्ध हामी एक्लै चुनावमा गएका हौं । के त्यो गठबन्धन नीति, सिद्धान्तका आधारमा भएको थियो ? पैसाको व्यापक चलखेल भयो । यहाँ लोकतन्त्र होइन भ्रष्टाचारतन्त्र बलियो भएको देखियो । हामी यसको गम्भीर समीक्षा गरेर अघि बढ्छौं ।”



प्रतिक्रिया दिनुहोस्