Logo

मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग पराजित



काठमाडौं, जेठ २१ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शुक्रबार राति भएको अन्तिम अभ्यास खेलमा नेपाल ओमानसँग २-० गोलले पराजित भएको हो ।

कतारको दोहास्थित सुहिम बिन हामेद रंगशालामा भएको खेलमा ओमानको जीतमा ओमार अल मालिकी र इशाम अल सुभिले एक/एक गोल गरे । यसअघि नेपालले चाइनिज ताईपेईसँग भएको पहिलो अभ्यास खेलमा २-२ र दोस्रो खेलमा श्रीलंकासँग १-१ गोलको बराबरी खेलेको थियो ।

अब नेपाल त्यहिबाट छनोट खेलको लागि कुवेत प्रस्थान गर्नेछ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot