Logo

प्रचण्ड र माधव नेपाललाई सूर्य थापाले ‘देउवाका चुत्था नोकरहरू’ भनेपछि..



काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको चुत्था नोकरहरुको संज्ञा दिएका छन् ।

हिजो (शुक्रबार) सामाजिक सञ्जालमार्फत नेता थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले एमालेले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको पनि दाबी गरेका छन् । उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दाहाल र नेपाललाई प्रधानमन्त्रीको अफर गर्ने सपना पनि दुई नेताले निद्रामा मात्रै देखेको हुनसक्ने टिप्पणी गरेका छन् । उनले समकालिन नेपाली राजनीतिमा यो सम्भव नभएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–”प्रचण्ड र मा.कु. नेपाललाई प्रधानमन्त्रीकाे अफर, त्याे पनि एमालेबाट ? याे निर्लज्ज आत्मस्तुति र आत्मप्रचार बाहेक केही हाेइन। अध्यक्ष केपी शर्मा ओलीले यस्ताे अफर गर्ने सपना पनि तिनै दुई जनाले निद्रामा मात्रै देखेका हुनसक्छन्, समकालीन नेपाली राजनीतिमा याे संभव छैन।  स्वर्ग जाने भन्दै नर्कको टिकट काटेका देउवाका चुत्था नोकरहरूलाई प्रधानमन्त्री अफर गरेर कुनै बैतरणी पार हुनसक्दैन।”



प्रतिक्रिया दिनुहोस्