Logo

प्रधानमन्त्री देउवा भेट्न महन्थ ठाकुर बालुवाटारमा



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा आसन्न संघीय संसद्को निर्वाचनबारे छलफल भएको बताईएको छ । लोसपाको कार्यकारिणी समितिको बैठक भोलिबाट सुरु हुँदैछ।

पछिल्लो समय प्रधानमन्त्री देउवा संघको निर्वाचन कहिले गर्ने भन्नेबारे आन्तरिक परामर्शमा छन् । उनले निर्वाचनकै बारेमा ठाकुरसँग छलफल गर्ने बताईएको छ । लोसपाका केन्द्रीय सदस्य केशब झाका अनुसार अहिले दुई नेताबीच छलफल जारी छ ।

उनले प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष ठाकुर एक्लै बालुवाटार गएको पनि रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । स्थानीय तहको निर्वाचनपछि प्रधानमन्त्री देउवासँग ठाकुरको यो पहिलो भेट हो ।



प्रतिक्रिया दिनुहोस्