Logo

भारतमा कोरोना भाइरसविरुद्धको बुस्टर भ्याक्सिन स्वीकृत



एजेन्सी, २१ जेठ । भारतमा कोरोना भाइरसविरुद्धको नयाँ बुस्टर भ्याक्सिन स्वीकृत भएको छ । भारतको ड्रग कन्टोलर जनरलले कोरबेभ्याक्स नामको उक्त भ्याक्सिन स्वीकृत गरेको हो ।

भारत बायोटेकको कोभ्याक्सिन वा सेरमको कोभिसिल्ड दुई डोज लगाएकाले कोरबेभ्याक्स लिन सक्नेछन् । यो जैविक ई भ्याक्सिन हो ।

कोरबेभ्याक्स १२ देखि १८ वर्षका उमेर समूहका लागि प्रयोगमा ल्याइएको थियो । यसको मूल्य भारतमा प्रति डोज २५० भारु तोकिएको छ । निजीमा लगाउँदा भने ८४० भारु तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्