Logo

पाकिस्तानमा रक्षा बजेटमा वृद्धि



एजेन्सी, २१ जेठ । पाकिस्तानमा रक्षा बजेटमा वृद्धि भएको छ । सुरक्षाफौजका लागि विशेष आवश्यकता भन्दै ६ प्रतिशतले रक्षा बजेट वृद्धि गरिएको जनाइएको छ । यो वृद्धि चालु आर्थिक वर्षको भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

द एक्सप्रेस ट्रिबुन पत्रिकाले पाकिस्तनको आर्थिक संयोजन कमिटीले तलब र अन्य अत्यावश्यक आवश्यकताका लागि भन्दै बजेट वृद्धि गरेको खबर छापेको हो । रक्षा बजेटका अलावा सेनालाई थप रकम अनुमोदन गरिएको छ । ८० अर्ब पाकिस्तानी रुपैयाँ त्यहाँको सेनाले अतिरिक्त रकम मागेको थियो ।

पाकिस्तान बढी रक्षा बजेट भएको देशमध्ये हो । सबैभन्दा बढी अमेरिका, चीन र भारतको रक्षा बजेट रहेको छ ।

यसैगरी, पाकिस्तानमा खाना पकाउने ग्याँसको मूल्यमा ४५ प्रतिशतले वृद्धि भएको छ । यसअघि पाकिस्तानमा पेट्रोलियम पद्धार्थ र विद्युतको व्यापक मूल्यवृद्धि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्