Logo

चितवनमा पौने पाँच अर्ब बजेट विनियोजन



चितवन, जेठ २२ । जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकालाई एक अर्ब ८० करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। भरतपुरले आगामी आवका लागि समपूरक बजेट दुई करोड ५० लाख र विशेष अनुदान १४ करोड आठ लाख रुपैयाँ समेत पाएको छ। त्यस्तै एक अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रुपैयाँ पाउने भएको छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुखमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार रेनु दाहाल निर्वाचित भएकी छन्। नगर प्रमुख दाहालकै पहलमा भरतपुरमा ठूलाठूला आयोजना आउन सफल भएका छन्। संघीय सरकारले यसै वर्षदेखि सुरु गर्ने गरी भरतपुरमा शिक्षक अस्पतालका लागि समेत बजेट छुट्याइसकेको छ।

यसैगरी जिल्लामा दोस्रो बढी बजेट प्राप्त गर्ने रत्ननगर नगरपालिका छ। यस नगरपालिकाले ५९ करोड ७२ लाख रुपैयाँ बजेट संघीय सरकारबाट पाएको छ। यसमा समानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख रुपैयाँ र विशेष अनुदान पाँच करोड रुपैयाँ रहेको छ।

त्यस्तै राप्ती नगरपालिकाले संघीय सरकारबाट ५५ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ। राप्तीले पाएको बजेटमध्ये समानीकरण अनुदान १८ करोड ५३ लाख, सशर्त अनुदान २४ करोड २६ लाख र विशेष अनुदानतर्फ दुई करोड रुपैयाँ रहेको छ। माडी नगरपालिकाले संघीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ४९ करोड ६० लाख प्राप्त गरेको छ। जसमध्ये समानीकरण अनुदान १३ करोड ९२ लाख रुपैयाँ सशर्त अनुदान ३१ करोड ९८ लाख र विशेष अनुदान रु दुई करोड ५० लाख रहेको छ।

खैरहनी नगरपालिकाले संघीय सरकारबाट आव २०७९/८० मा ४८ करोड आठ लाख बजेट प्राप्त गरेको छ। जसमध्ये समानीकरण अनुदानमा १८ करोड १८ लाख रुपैयाँ सशर्त अनुदानमा २५ करोड १२ लाख र विशेष अनुदानमा तीन करोड ५८ लाख रहेको छ। त्यस्तै कालिका नगरपालिकाले ४० करोड ९८ लाख रुपैयाँ बजेट पाएको छ। जसमध्ये समानीकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख र विशेष अनुदान एक करोड रुपैयाँ प्राप्त गरेको छ।

जिल्लाको इच्छाकामना गाउँपालिकाले संघीय सरकारबाट जिल्लाका स्थानीय तहमा सबैभन्दा कम बजेट प्राप्त गरेको छ। गाउँपालिकाले आव २०७९/८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट ३८ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ। गाउँपालिकाले समानीकरण अनुदान अन्तर्गत ११ करोड १९ लाख, सशर्त अनुदानमा २४ करोड ३१ लाख र विशेष अनुदानमा एक करोड ७० लाख रुपैयाँ प्राप्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot