Logo

घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार



काठमाडौं, २२ जेठ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलाको ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्