Logo

सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह



काठमाडौं, २२ जेठ । होटल,रेष्टुरेन्ट, बैंक लगायतमा सार्वजनिक रुपमा सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिने व्यक्ति तथा निकायले सातदिन भित्र काठमाडौं महानगरपालिकामा सम्पर्क गर्न पर्ने भएको छ ।

महानगरले आम सर्वसाधारणलाई सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने व्यक्ति तथा निकायहरुले सातदिन भित्र महानगरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

शौचालय सर्वसाधाराणको सहज पहुँचमा पुर्याउन महाननगरको जेठ १६ गते बसेको बैठकले निर्णय गरेको हो ।

एक सुचना जारी गर्दै महानगरले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, शपिङ, कम्प्लेक्स लगायतलाई सार्वजनिक रुपमा आह्वान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot