Logo

शिक्षक रिक्त रहेको दरबन्दीमा पदपुर्ति नगर्न निर्देशन



काठमाडौं, २२ जेठ । रिक्त रहेको दरबन्दीमा शिक्षक पदपुर्ति नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मानव स्रोत विकास केन्द्रले आग्रह गरेको छ ।

अहिले शिक्षक दरबन्दी मिलान गर्ने कार्य भइरहेको भन्दै केन्द्रले विद्यालयहरुमा शिक्षकको पद रिक्त रहेता पनि पदपुर्ति प्रक्रिया नगर्न यस्तो निर्देशन दिएको हो ।

साथै केन्द्रले असार १५ भित्र विवरण पठाउन पनि निर्देशन दिएको छ । रिक्त खुद पुल दरबन्दी यस कन्द्रमा नपठाउने स्थानीय तहको हकमा खुद पुल दरबन्दी बराबरको शिक्षक तलव भत्ता निकास नहुने भएकोले खुद पुल दरबन्दी यस केन्द्रमा पठाउने व्यवस्था गरी शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न गर्न र खुद पुल दरबन्दी रिक्त रहेका तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि व्यहोराले पदपूर्ति नगर्नु नगराउनु हुन समेत अनुरोध छ –केन्द्रले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्