Logo

बालिकामाथि सामुहिक करणी, ३ जना पक्राउ



रुपन्देही, २२ जेठ । १४ वर्षीया बालिकालाई सामुहिक करणीको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका–१ बस्ने १९ वर्षीय सोनु मल्लाह, २१ वर्षीय टिकाराम दंगोरिया थारु र सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय मनोज थारु रहेका छन् ।

बुटवल उपमहानगरपालिका–१६ बैठौलीस्थित दनाव नदीको किनारमा सोनु, टिकाराम, मनोज र शुद्धोधन गाउँपालिका–१ शीसै बस्ने प्रेम थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको हो । साथै हाल फरार प्रेम थारूको प्रहरीले खोजी गरिरहेको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्