Logo

प्रदेश १ बाट मनसुन सुरु



काठमाडौं, २२ जेठ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन सुरु भएको छ । यस वर्षको मनसुन प्रणाली आजदेखि नेपालको प्रदेश १ मा आगमन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा यस वर्ष करीब १० दिन पहिले नै मनसुन सुरु भएको हो ।

यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू–भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको विभागले जनाएको छ । तसर्थ सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन अनुरोध समेत आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot