Logo

आज जेठ २३ गते सोमबार, यस्तो छ तपाईको राशिफल



आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ २३ गते सोमबार इश्वी सन २०२२ जुन ६ तारीख ज्येष्ठ शुक्ल पक्ष सप्तमी तिथी मघा नक्षत्र हर्षण योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा ध्वाक्षं योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, कुमार यात्रा (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्यन अध्यापनका निम्ती समय उत्तम रहेकोछ । नयाँकार्य थालनीको सुयोग रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने समय रहेकोछ । आकस्मीक खर्चको समेत सामना गर्नु पर्नेछ । कार्य क्षेत्रमा लगाईएको गलनसिलताको कदर समेत प्राप्त रहने दिन रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यक्षेत्रमा सहकर्मीहरुको साथमा सामान्य तनावको सामान गर्नुपर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा समेत तिक्तताको योग रहेकोछ । शारिरीक आलस्ताका कारण कार्यक्षेत्रमा ढिलाईको योग रहनेछ । जिवन साथीको साथसहयोगमा ब्यपार ब्यवसाय उत्तम रहनेछ । सवारी साधनको प्रयोगमा बिषेश सावधानी अपनाउनु होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा सामान्य प्रभाव रहनेछ । मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । सामान्य यात्राको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महशुस हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।



प्रतिक्रिया दिनुहोस्