Logo

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट



एजेन्सी । वेल्स कतारमा हुने फिफा विश्वकप-२०२२ को लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफको फाइनल खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो ।

कार्डिफ सिटी रंगशालामा भएको खेलमा वेल्सलाई विश्वकपमा पुर्याउन आत्मघाती गोल पर्याप्त रह्यो । खेलको ३४ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि वेल्सले अग्रता लिएको थियो ।

खेलमा युक्रेनले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन नसक्दा विश्वकप खेल्नबाट बन्चित हुन पुग्यो । जीतसँगै वेल्स विश्वकपमा छनोट हुँदा युक्रेनको विश्वकप सपना फेरि एकपटक तुहिएको छ । यससँगै वेल्सले दोस्रोपटक विश्वकपमा सहभागिता जनाउने भएको छ । वेल्सले पछिल्लोपटक सन् १९५८ मा विश्वकप खेलेको थियो ।



प्रतिक्रिया दिनुहोस्