Logo

जुम्ल्याहा इन्जिनियर लामाद्वारा केयु अलुम्नाई एशोसियसनलाई आर्थिक सहयोग



काठमाडौं, जेठ २३ । काभ्रेका जुम्ल्याहा इन्जिनियर राम लामा र लक्ष्मण लामाले केयु अलुम्नाई एशोसियसनलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आज भएको अलुम्नाई एशोसिएशनको दोस्रो भेलामा आफ्नो अनुभव सुनाउँदै जुम्ल्याहा इन्जिनियर लामाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

काभ्रेसहित देशभरका विकट ठाउँका विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि सहयोग गर्ने उद्देश्यले छात्रवृत्तिका लागि जुम्ल्याहा इन्जिनियर लामाले एशोसियसनलाई पहिलो आर्थिक सहयोग गरेका छन् । यो रकम जुम्ल्याहा इन्जिनियर लामाले आफ्नो बुबा च्याङ्बा तामाङ र आमा कमीस्या तामाङको नामबाट एशोसियसनलाई उपलब्ध गराएका हुन् ।

‘मेरो बुबा आमा कुनै पनि शैक्षिक संस्थाबाट अध्ययन गर्नुभएको छैन् । तर पनि हाम्रो शिक्षाका लागि लगानी गर्नुभयो । हरेक व्यक्तिलाई अवसरको आवश्यकता पर्छ । हामी त्यो अवसर खास गरी विकट भेगका विद्यार्थीलाई उपलब्ध गराउनुपर्छ भन्ने मान्यताका साथ विभिन्न काम गरिरहेका छौँ। डाक्टर लामाले भने ।’

यातायातको सुविधा नभएको, बिजुली, खानेपानी जस्ता दैनिक आधारभूत चिजको अभावका बीच पनि २०६२/६३ सालमा काभ्रेको विकट मादन कुँडारीबाट एसएलसी पास गरेर अहिलेको उपलब्धी हासिल गरेको डाक्टर लामाले बताए।

‘नेपालका हरेक ग्रामीण भेगमा सम्भावना बोकेका विद्यार्थी छन । उनीहरुको लागि एउटा अवसरको खाँचो छ । देशमा धेरै ठूलो राजनीतिक परिर्वतन भयो । तर अझै पनि ती दूर-दराज दराजका विद्यार्थी संघर्ष छन् । ती विकट बस्तीमा रहेका बालबालिकालाई केयु र आफुहरुले केही न केही अवसर सिर्जना गर्न आवश्यकता छ । त्यही आवश्यकता ठानेर हामीले बाबुआमाको नामबाट छात्रवृत्ति स्वरुप केयुको अलुम्नाई एशोसियसनलाई आर्थिक सहयोग गरेका हौँ । यो ग्रामीण भेगमा रहेका विद्यार्थीहरुको उत्प्रेरणका लागि हो ।’ डाक्टर लामाले भने ।

एशोसिएशनको दोस्रो भेलामा काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापा, रजिस्ट्रार, मेडिकल, साइन्स, इन्जिनियरिङ, ल, आर्ट लगायत केयुका अधिकांश विधाका प्रमुख र विद्यार्थी सहभागि थिए । सन २००६ मा काठमाण्डौ विद्यालयबाट आफ्नो उच्च शिक्षाको अध्ययन थालेका जुम्ल्याहा मध्ये डाक्टर राम काठमाडौँ विश्वविद्यालयको प्राज्ञिक औद्योगिक संयोजक छन् भने इन्जिनियर लक्ष्मण लामा युवा व्यवसायी हुन् ।

सन् २०१२ मा डाक्टर लामाले मेकानिकल इन्जिनियर र लक्ष्मणले वातावरण इन्जिनियर उत्तिर्ण गरेका थिए । डाक्टर लामाले केयुबाटै पिएचडिको उपाधि हासिल गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्