Logo

मन्त्रालयगत छलफल आजबाट



काठमाडौं, जेठ २३ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफल अर्थात मन्त्रालयगत छलफल आजदेखि प्रारम्भ हुने भएको छ।

विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफल सोमबार, बुधबार र बिहीबारसम्म जारी रहनेछ। कुल २१ मन्त्रालयको सातसात मन्त्रालयका दरले छलफल अघि बढाइने भएको छ। मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम जेठ २६ र २७ गते तय गरिएको छ।

सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुनेछ।

मंगलबार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने भएको छ।



प्रतिक्रिया दिनुहोस्