Logo

महिलालाई मन्त्री नबनाएको भन्दै एकीकृत समाजवादीकी सांसद चौधरीको विरोध



काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मी चौधरीले नयाँ मन्त्री सिफारिस गर्दा महिला नपरेको भन्दै विरोध जनाएकी छन् ।

सांसद चौधरीले समाजिक सञ्जालमा लेखेकि छन, ‘अनुभव र अध्ययनका दृष्टिले हेर्दा प्राज्ञ महिलाहरुपनि पार्टी केन्द्रमा हुनुहुन्छ। जिम्मेवारी पाएका बखत सशक्त भूमिका देखाएका छन्।

पार्टीपंक्तिमा महिलाको सक्रियता र उपस्थिति गर्विलो छ । तर, मन्त्री छान्दा किन पुरुष मात्र? न भूगोल मिलेको छ न समावेशिता । यसैगरी समाजवाद आउने कसरी? पुनश्चः म व्यक्तिगत रुपमा मन्त्रीको दौडमा थिइनँ, र छैन। तर सगर्व भन्छुः मन्त्री बन्न योग्य महिला नेताको हाम्रो पार्टीमा कमी छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot