Logo

यू-१९ क्रिकेटः भुटानविरुद्ध नेपाल बलिङ गर्दै



काठमाडौं, २३ जेठ : आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो ।

नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ । नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने यूएईसँग १० विकेटले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्