Logo

धरानका मेयर हर्कको अपिलः ‘मलाई सम्मानको निम्तो नदिनु होला, म आउँदिन’



काठमाडौं, जेठ २३। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई सम्मानको नाममा नअल्झाउन अपिल गरेका छन । सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत मेयर राईले यस्तो अपिल गरेका हुन ।

धेरै संघ संस्थाले सम्मानका नाममा अनुरोध गर्न थालेपछि उनले सामाजिक सञ्जाल मार्फत नै यस्तो अपिल गरेका हुन । उनले भनेका छन, ‘कृपया मलाई सम्मान कार्यक्रममा निम्तो नदिनु होला ! मैले त्यस्तो ठुलो काम केही गरेको छैन ! हजुरहरुको कार्यक्रममा आउन नसक्दा माफी चाहन्छु !’

 



प्रतिक्रिया दिनुहोस्