Logo

जमिन मुनि पुरेको अवस्थामा चोरीका मोबाइल फेला



बर्दिया,२३ जेठ । मोबाइल चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मोबाइल चोरको आरोपमा गेरूवा गाउँपालिका–४ खोनपुर बस्ने सागर कटुवाल र सोही ठाउँ बस्ने काभ्रेपलाञ्चोक ठेगाना भएका पारस तामाङ आइतबार पक्राउ परेका हुन् ।

गेरूवा गाउँपालिका–५ सुखाङ बस्ने मनिराम थारूको घरबाट सागर र पारसले मोबाइल चोरी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले सागर कटुवालको घरमै बसिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्लाष्टिकमा राखेर जमिन मुनि पुरेको अवस्थामा चोरी भएका ४ थान मोबाइल समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्