Logo

फेसबुकमार्फत बोलाएर किशोरीमाथि सामुहिक बलात्कार, ७ जना पक्राउ



बाँके,२३ जेठ । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जना आइतबार दिउँसो पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले मोटरसाइकलको बिचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाई राजकुमार थारु लगायत ५ जनाले जबरजस्ती करणी गरेको र २ जनाले जबरजस्ती करणी पश्चात ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको खुल्न आएपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्