Logo

पिके क्याम्पसमा विप्लव नेतृत्वको अखिल क्रान्तिकारीको इकाई सम्मेलन सम्पन्न (फोटोफिचर)



काठमाडौं, २३ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीको प्रमुख आतिथ्यमा, उपाध्यक्ष नरेन्द्र विश्वकर्मा, युवा संगठन नेपाल महासचिव विदुशी लगायतका नेताहरूको उपस्थितिमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

क्याम्पसका सयौं विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको प्रथम सम्मेलनबाट प्रजिना दर्नालको नेतृत्वमा ५२ सदस्यीय मुल ईकाई कमिटी गठन भएको छ ।

उक्त कमिटीको उपाध्यक्षमा बबिता बिष्ट, सचिवमा प्रिमिता बानिया, सहसचिवमा कल्पना रावल र कोषाध्यक्षमा रिद्दी मिश्रालाई निर्वाचित गरेको छ । सम्मेलनबाट राष्ट्रियता,जनजीविका, जनतन्त्र र विद्यार्थीको हकहित र अधिकारको पक्षमा लड्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । Photo : Mukunda kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्